५ बैशाख जनता प्रगतिशील नेपाल पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले नेपालको राजनीतिक स्थिति सही मार्गतर्फ उन्मुख नभएको बताएका छन्।

विराटनगरमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले प्रष्ट पार्दै सरकार, न्यायापालिका र कार्यपालिका चलायमन अवस्थामा नरहेको टिप्पणी गरे।

उनले उत्पादनकर्ताले उत्पादन वस्तुको मूल्य निर्धारण नगरी विचौलियाले गरिरहेकोमा किसान दुःखी रहेको चर्चा गर्दै ६५ प्रतिशत किसानको प्रतिनिधित्व कसैले पनि नगरेकोमा चिन्ता व्यक्त गरे। अध्यक्ष त्रिपाठीले कृषिमा भएको लगानीले सम्पूर्ण किसानलाई समेट्न नसकेको भन्दै धेरै बैंक भएर पनि कृषिमाथि लगानी नगर्नु दुर्भाग्य भएकाे बताए।

उनले किसानको समस्या समाधान गर्न नीतिगत स्पष्टता हुनुपर्ने भन्दै भ्रष्टाचारमुक्त सुशासनसहितको स्थानीय तहको निर्माण नै हाम्रो मूल उद्देश्य रहेको कुरामा जोड दिए। सिद्धान्तहीन चरित्रका कारण नेपालको राजनीति बिग्रेको प्रसङ्ग उल्लेख गर्दै अध्यक्ष त्रिपाठीले आर्थिक अनुशासन पालना नगरेकै कारण मुलुकमा बेरुजु बढेको पनि स्पष्ट पारे।

कोरोनाको चुनौतीले मुलुकको अर्थतन्त्रमा केही समस्या देखिए पनि श्रीलङ्काको जस्तो नभएको भन्दै अध्यक्ष त्रिपाठीले छिमेकी मुलुकसँगको सम्बन्ध सुमधुर हुनुपर्ने बताए। उनले अनुदान र ऋण लिने देश नेपालमा एमसिसी परियोजना आउनु सुखद पक्ष हो भन्दै आफ्नो पार्टीको एजेण्डा जनता माझ पुग्न सक्यो भने आफ्नो सफलता हुने बताए। अध्यक्ष त्रिपाठीले आसन्न स्थानीय तहको निर्वाचन तोकिएकै समयमा हुनेमा आफू पूर्ण विश्वस्त रहेको भन्दै अरु देशको सुरक्षा गर्ने नेपाल कुनै पनि देशबाट असुरक्षित नरहेको कुरामा जोड दिए।

प्रकाशित मिति: ५ बैशाख २०७९, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com