काठमाडौं । काठमाडौँ महानगरले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि आर्थिक विधेयक पारित गरेको छ। काठमाडौं महानगर प्रमुख बालेन्द्र साहको अध्यक्षतामा बसेको नगरसभाको ११औँ अधिवेशनले आगामी आर्थिक वर्षका लागि विधेयक पारित गरेको हो ।

विधेयकमा व्यवसाय कर, सम्पत्ति कर, भूमिकर, बहाल कर, जडीबुटी, कबाडी र जीवजन्तु कर, सवारीसाधनजस्ता शीर्षकका करसम्बन्धी व्यवस्था छ । यस्तै विज्ञापन कर, सेवा शुल्क, मनोरञ्जन कर, सवारीसाधन पार्किङ शुल्क, पर्यटन शुल्क, विभाज्य कोष, घरजग्गा रजिस्ट्रेसन शुल्क, राजस्व तथा शुल्क सङ्कलन कार्यविधिलगायत व्यवस्था छन्। पूँजीगत लगानी, व्यवसायको प्रकार र आर्थिक कारोबारका आधारमा व्यवसाय करको दरसम्बन्धी व्यवस्था छ । यसमा नौ क्षेत्रका व्यवसायअन्तर्गतका ३९६ वटा व्यवसायको दर उल्लेख गरिएको छ ।

कोभिडको प्रभावलाई मध्यनगर गरेर होटल, रिसोर्ट वा चलचित्र घरको नाममा घर जग्गा भएका वा भाडामा लिएकालाई आव २०७८÷०७९ सम्मको कर चुक्ता गरेमा आव २०७९/०८० को करमा ४० प्रतिशत छुट दिइने महानगरपालिकाले बताएको छ । आउँदो असोज मसान्तसम्म घरजग्गा करमा १० प्रतिशत छुट दिइनेछ । यो छुट बक्यौतामा दिइने छैन ।

विधेयकमाथिको छलफलका क्रममा नगरसभा सदस्य मचाराजा महर्जन, आशा श्रेष्ठ, सन्तोष ढुङ्गेल, अनिलबाबु श्रेष्ठ, रचना सुनाम, शर्मिला परियारले संशोधन प्रस्ताव गरेका थिए ।

प्रकाशित मिति: १८ असार २०७९, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com