काठमाडौं । वाणिज्य बैंकहरुले महँगा फोनसहित विलासी सामानका लागि कम्तिमा एक हप्तासम्म प्रतितपत्र (एलसी) नखोल्ने भएका छन् ।

आइतबार बसेको नेपाल बैंकर्स संघको बैठकले निक्षेपको ब्याजदर स्थिर राख्ने र अत्यावश्यकबाहेक विलासी सामग्रीका लागि एलसी नखोल्ने निर्णय गरेको छ ।

विदेशी मुद्राको सञ्चिति घट्दा अर्थतन्त्र समस्यामा पर्नसक्ने भन्दै राष्ट्र बैंकले गत साता कम्तिमा एक साता एलसी ठप्प बनाउन मौखिक निर्देशन दिएकाे थियाे ।

यसपछि आइतबार बसेको संघको बैठकले एक सातासम्म मोबाइलसहित निजी गाडी, चुरोट, रक्सी, सजावटका सामग्री, पर्फ्युम लगायत विलासी सामाग्रीका लागि एलसी नखोल्ने निर्णय गरेकाे हाे ।

साथै एक हप्तापछि आवश्यकताका आधारमा थप निर्णय हुने पनि संघले जनाएकाे छ ।

 

प्रकाशित मिति: ५ बैशाख २०७९, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com