काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनार्दन शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएर नैतिकता प्रदर्शन गरेको बताएका छन् ।

बिहीबार प्रज्ञा प्रतिष्ठान कमलादीमा बसेको माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकमा बोल्दै प्रचण्डले शर्माको राजीनामाले नैतिकता र त्यागको सन्देश गएको बताएका हुन्।

उनले भने, ‘अर्थमन्त्रीले आफूले केही गरेको छैन भन्नुभएको छ, उहाँको राजीनामाले नैतिकता र त्यागको एउटा सन्देश गएको छ । संसदमा कुरा उठेपछि उहाँले प्रष्ट कुरा राखेर संसदमा नैतिकता प्रदर्शन गर्नुभएको छ ।’

उनले भने, ‘उहाँले राजीनामा नगरेको भए विषयलाई भ्रमित पार्दै र उचाल्दै राजनीति अप्ठ्यारोमा पार्ने र गठबन्धन अप्ठ्यारोमा पार्ने ठूलो डिजाइन भयो। त्यो डिजाइनलाई त्यागद्वारा जवाफ दिइएको छ। यसबारे कार्यकर्ता र जनतालाई भन्नुपर्छ ।’

शर्माले राजीनामा नगरे यही विषयलाई उचालेर गठबन्धनलाई नै खतरा पार्ने डिजाइन भएको प्रचण्डको भनाइ छ।

प्रकाशित मिति: २३ असार २०७९, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com