काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद गजेन्द्र महतले सहमतिमा हुने सहवासका लागि सुरक्षित स्थानको व्यवस्था गर्नुपर्ने बताएका छन् ।

यौन हिंसा विरुद्धको केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक– २०७९ माथि सोमवार संसदमा भएको छलफलका क्रममा सांसद महतले यौन हिंसा नियन्त्रणको कुरा गर्दा त्यस्तो ठाउँ जरुरी रहेको बताएका हुन् ।

‘केटाकेटी सहमतिमा सुरक्षित स्थान खोज्दै जान्छन्, प्रहरी तिनीहरूलाई खोज्दै हिँडेको हुन्छ । यो पनि तरिका हो ? यसरी रोकिन्छ ? भाले मौरीले, रानी मौलाई सहवास गर्‍यो भने उसको मृत्यु हुन्छ, तर पनि उसले सहवास गर्छ, यो बुझिराख्नुस्,’ सांसद महतले संसद् बैठकमा भने, ‘तपाईंको कानूनले कहाँ छेक्छ ? फ्रेस एरिया राख्नुको सट्टा प्रहरी डन्डा समाएर केटाकेटीको पछाडि लागेर होटलमा पुग्छन् ? यही हो तरिका ? यो पनि तरिका हो ?’ महतले यसो भनिरहँदा सांसदहरू गलल्ल हाँसेका थिए ।

महतले विगतमा बाँकेको नेपालगञ्जमा सहवास गर्ने फ्रेस एरिया रहेको सम्झाउँदै त्यस्तो ठाउँ आवश्यक पर्ने बताए । यसअघि गण्डकी प्रदेशका एक मन्त्रीले रेडलाइट एरियाको प्रस्ताव गर्दा चर्को विरोध भएको थियो ।
 

प्रकाशित मिति: २७ असार २०७९, सोमबार

aatmaram khanal

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com