काठमाडौं । सोमबार फोहोर थुपार्ने गाडीको फोटो खिच्ने क्रममा सुन मान्छेका नामले चिनिने सुवास घिसिङले बागमती सभ्यता एकीकृत विकास समितिका कर्मचारीलाई निर्घात कुटपिट गरेका छन् ।

फोहोर व्यवसायमा संलग्न घिसिङले आफ्नो क्षेत्रमा आएर फोटो खिच्ने बलराम श्रेष्ठमाथि हातमा लगाइएको घोच्ने औँठीले पछाडिबाट टाउकोमा हिर्काएका थिए ।

बौद्ध, नयाँवस्तीमा घिसिङको आक्रमणबाट टाउकोमा गम्भीर चोट लागेका श्रेष्ठको अहिले उपचार भइरहेको छ । श्रेष्ठको टाउकोमा तीन टाँका स्टिच गरिएको बागमती सफाइ महाअभियानका अभियन्ता किशोर जंग शाहीले बताए ।

घिसिङ अहिले पक्राउ परेर महानगरीय प्रहरी वृत्त बौद्धमा रहेका छन् ।

 

प्रकाशित मिति: २८ असार २०७९, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com