काठमाडौं । जनताको जिउधनको जिम्मेवारी बोकेर काम गरिरहेको नेपाल प्रहरीको कार्यशैलीमा गम्भीर प्रश्न खडा हुने प्रकृतिको भिडियो फुटेज न्युज२४ बाट प्रसारित ‘सिधा कुरा जनतासँग’ कार्यक्रम बाट प्रसारण भएको छ। उक्त कार्यक्रममा प्रसारण गरिएको सिसिटिभी फुटेज बाहिरिए संगै नेपाल प्रहरीको कर्तुत बाहिर आएको हो।

भिडियो फुटेजमा एक व्यक्तिको मोटरसाइकलमा अरु नै कसैले कस्तुरी बिना राखिदिन्छन् । प्रहरी र त्यो काम गर्ने व्यक्तिबीच हिमचिम पनि देखिन्छ । दुवै पक्षको योजनामा गएको बिहीबार चाबहिलबाट पाँचथरका ४२ वर्षीय शिब लिम्बू पक्राउ पर्छन् ।

गएको बिहीबार काठमाडौंको चाबहिलबाट महानगरीय प्रहरी वृत्त गौशालाले पाँचधरका शिव लिम्बुलाई कस्तुरीको बिनासहित पक्राउ गर्यो । पाँचथर तुमबिया गाउँपालिका वडा नम्बर ५ स्थायी ठेगाना भएका ४२ वर्षका लिम्बु कपनमा परिवारसहित बस्दै आएका थिए ।

लिम्बुको मोटरसाइकलमा लुकाइराखेको अवस्थामा कस्तुरीका बिना फेला परेको भन्दै नेपाल प्रहरीको वेभसाइटमा यो समाचार गएको शुक्रबार प्रकाशित पनि भयो ।

प्रहरीले शिव लिम्बलाई कस्तुरीको बिना सहित पक्राउ गरिएको भन्ने सूचना बाहिर ल्याए पनि कार्यक्रम सिधा कुरा जनतासँगले यो घटनालाई सुनियोजित हिसाबले लिम्बुलाई फसाउन प्रहरी परिचालित भएको भन्न सकिने सीसीटीभी फुटेज फेला पारेको छ ।

चाबहिलको यो सडकमा दाहिनेतिरको नाम बिनाको यो रेष्टुरेन्टमा शिव लिम्बु नामका यी व्यक्ति दिउँसो १ बजेर ३५ मिनेटमा आइपुग्छन् । लिम्बुले चढ्ने बा ८२ प ५७९ नम्बरको बुलेट मोटरसाइकल यिनले रेष्टुरेन्टको अगाडि पार्क गर्छन् । त्यसपछि यिनी रेष्टुरेन्ट भित्र पस्छन् ।

दिउँसो २–३–४–५ बजेसम्म लिम्बु यहि रेष्टुरेन्टमा हुन्छन् । दिउँसो २ बजेर १८ मिनेटमा केही बेर बाहिर पनि निस्किन्छन् । दिउँसो २ बजेर ३६ मिनेटमा पानी परेको देखिन्छ ।

यो बेलासम्म यहाँ केही भएको देखिँदैन । मानिसहरु सबै आ आफ्नो काम धन्दामा लागि रहेका छन् । बेला बेला फोनमा कुरा गर्न लिम्बु रेष्टुरेन्टको ढोकासम्म पनि आउँछन् । सीसी टिभी फुटेजमा यस्तै देखिन्छ ।

दृश्यमा बदलाव त्यो बेला आउँछ जब घडीले साँझको ६ बजेको देखाउँछ । साँझ ठिक छ बजेर ४० मिनेटमा लिम्बुले पार्क गरेको बुलेट मोटरसाइकल तिर कालो पाइन्ट–निलो कालो विन्ड चिटर–कालो क्याप–सेतो कालो जुत्ता लगाएका एक युवक क्यामेराको फ्रेममा देखा पर्छन् ।

युवक मोटरसाइकल पार्क गरिएको स्थानमा पुग्छन् । आफ्नो विन्ड चिटरको गोजीबाट रातो कपडामा बेरिएको केही वस्तु निकाल्छन् । सजगतापूर्वक बुलेट मोटरसाइकलको सिट मुनी घुसारिदिन्छन् ।

रातो कपडामा बेरिएको वस्तु सिट मुनी घुसारेपछि यी व्यक्ति देब्रे पटिको सोलु एन्ड संखुवासभा एभरेष्ट मोमो सेन्टरतिर प्रवेश गर्छन् । सीसी टीभी क्यामेरामा यो रेष्टुरेन्टबारे स्पष्ट देखिँदैन ।

यसपछि ६ बजेर ४ मिनेटमा शिव लिम्बु आफैं पनि रेष्टुरेन्टबाट बाहिर निस्किन्छन् । आफ्नो मोटरसाइकलमा रातो वस्तु राखेकै ठाउँमा हेर्छन् पनि । यिनले यस्तो किन गरे ? के हेरे ? भन्ने स्पष्ट भएको छैन ।

तर यसपछिको घटनाक्रम अझै खतरनाक र सनसनीपूर्ण तरिकाले अघि बढेको छ । ६ बजेर ५ मिनेटमा पहेलो ज्याकेट लगाउने व्यक्तिकोका पछि लागेर यहाँ तीन जना मानिसहरु शिव लिम्बु रहेकै रेष्टुरेन्टमा लहरै प्रवेश गर्दैछन् । यी तीनै जना गौशाला वृत्तबाट खटिएका सादा पोशाकका प्रहरीहरु हुन् ।

अर्थात अब शिवलाई कस्तुरीको बिना आफ्नो मोटरसाइकलमा लुकाई राखेको अभियोगमा पक्राउ गर्न यी प्रहरीहरु रेष्टुरेन्टमा प्रवेश गर्दैछन् ।

६ बजेर साढे पाँच मिनेटमा पहेँलो भेष्ट लगाएका यी प्रहरी रेष्टुरेन्टबाट बाहिर निस्केका छन् । र यीनले ‘यता आउनु’ भन्दै कसैलाई बोलाउछन् ।

यता आउनु भनेर बोलाए लगत्तै यहाँ जसको प्रवेश भयो, यो दृश्यले जो कोहीलाई हैरान पारिदिन सक्छ । किनभने प्रहरीले बोलाएपछि आउने व्यक्ति तिनै हुन् जसले शिवको मोटरसाइकलमा रातो कपडाले बेरेर कस्तुरी बिना राखिदिएका थिए।

अर्थात मोटरसाइकलमा कस्तुरी बिना राखिदिने र प्रहरीबीच पहिले नै व्यवस्थित योजना सेटिङ भएको जस्तो देखिन्छ । प्रहरीले बोलाएपछि रेष्टुरेन्ट प्रवेश गर्नेभन्दा वरको प्यासेजमा प्रवेश गरेका युवक केही सेकेन्डमै फर्किन्छन्।

युवक फर्कि सकेपछि सादा पोशाकका प्रहरीहरु बाहिर निस्किन्छन् । मोबाइल झिकेर फोटो खिच्छन् । रातो कपडा भित्र के छ भन्ने कुरा खोलेर हेर्नुअघि नै उनीहरु फोटो खिच्न थाल्छन्।

यसको केही समयपछि सादा पोशाकका प्रहरीहरुले वर्दीका प्रहरीहरु पनि बोलाउँछन् । शिव लिम्बुको मोटरसाइकलमा राखिएको वस्तु कस्तुरी बिना हो होइन भन्ने जाँच गर्नुअघि नै रेष्टुरेन्ट भित्र उनलाई हत्कडी लगाएर बाहिर निकालिन्छ।

साँझ ढल्दैगरेका कारण हुन सक्छ यसपछिका केही फुटेज सादा देखिएका छन्। प्रहरीको भिडभाडबीच शिव लिम्बुलाई प्रहरीले बाहिर निकाल्छ। प्रहरीहरु घटना मुचुल्का गर्न कागज बोकेर आउँछन्।

दृश्यले शिव लिम्बुको मोटरसाइकलमा कालो क्याप, मास्क लगाएको व्यक्तिले केही वस्तु राखिदिएको स्पष्ट हुन्छ । सीसीटीभी फुटेजमा नदेखिएको तर प्रहरीले गरेको हर्कतबारे शिवकी पत्नी प्रतिमा राईले खुलासा गरेकी छिन्।

प्रतिमा र उनका आफन्त तथा इष्टमित्रहरुले प्रहरीले योजना बनाएरै आफ्नो पतिलाई फसाएको दावी गरेकी छिन् ।

प्रतिमाका अनुसार शिवलाई हत्कडी लगाएरै प्रहरीहरु डेरामा आए । डेरामा खानतलासीका नाममा सिरक डस्ना उथलपुथल पारे । कुनै मोस्ट वान्टेड अपराधीलाई पक्राउ गरिसकेपछि प्रहरीमा देखिने जस्तो व्यवहार डेरामा देखाए।

शिवका इष्टमित्र साथी भाई सबैले अहिले भनिरहेका छन् – योजना बनाएरै फसाइएको हो । शिवको पृष्ठभूमि कुनै आपराधिक थिएन । हालसम्म कुनै पनि प्रकारको अपराधमा उनी जोडिएका पनि छैनन् ।

शिवलाई गएको बिहीबार प्रहरीले पक्राउ गरेको थियो । उनलाई पक्राउ गर्ने बेला प्रहरी र एक शंकास्पद व्यक्तिको भूमिका सीसीटीभी फुटेजमा प्रष्ट देखिन्छ । यहाँ जो जो परिचलान भए उनीहरुले ठाने कि यहाँका खेलाडी हामी नै हौं । तर उनीहरुमाथि पनि निगरानी चाहिँ यो सीसीटिभी क्यामेराले गरिरहेको थियो ।

शिवको मोटरसाइकलमा कस्तुरी बिना राखेपछि यी युवक अगाडिको रेष्टुरेन्ट भित्र पस्छन् । हामी यहि रेष्टुरेन्टसम्म पुग्यौं । रेष्टुरेन्टका सञ्चालकले त्यो दिन को आयो, को गयो केही ख्याल नभएको जानकारी दिए ।

यसपछि हामी शिव लिम्बु दिउँसो १ बजेदेखि ६ बजेसम्म बसेको यो रेष्टुरेन्टका सञ्चालकलाई पनि हामीले त्यो दिनको घटनाबारे चासो राखेका छौं ।

शिवकी पत्नी प्रतिमाका अनुसार तीन महिनाअघि शिवको स्थानीय एक व्यक्तिसँग सामान्य झैझगडा परेको थियो । ती व्यक्तिले घरमै आएर कुटपिट गर्छु भन्ने धम्की पनि दिएका थिए ।

धम्की दिए पनि उनी आएका भने थिएनन् । त्यो बाहेक शिव कुनै पनि प्रकारका विवादमा मुछिएका थिएनन् । अहिलेको कस्तुरी बिनाको चक्करले शिव वा उनको परिवारलाई मात्रै होइन, प्रहरीको ‘सत्य, सेवा सुरक्षणम्’ नारामै प्रश्न चिन्ह लागेको छ।

काठमाडौं । नेपाल प्रहरीको नारा छ- ‘सत्य, सेवा सुरक्षणम्’ । जनताको जिउधनको जिम्मेवारी बोकेर काम गरिरहेको नेपाल प्रहरीको कार्यशैलीमा गम्भीर प्रश्न खडा हुने प्रकृतिको भिडियो फुटेज न्युज२४ बाट प्रसारित ‘सिधा कुरा जनतासँग’ कार्यक्रम बाट प्रसारण भएपछी नेपाल प्रहरीको कर्तुत बाहिर आएको हो।

भिडियो फुटेजमा एक व्यक्तिको मोटरसाइकलमा अरु नै कसैले कस्तुरी बिना राखिदिन्छन् । प्रहरी र त्यो काम गर्ने व्यक्तिबीच हिमचिम पनि देखिन्छ । दुवै पक्षको योजनामा गएको बिहीबार चाबहिलबाट पाँचथरका ४२ वर्षीय शिब लिम्बू पक्राउ पर्छन् ।

गएको बिहीबार काठमाडौंको चाबहिलबाट महानगरीय प्रहरी वृत्त गौशालाले पाँचधरका शिव लिम्बुलाई कस्तुरीको बिनासहित पक्राउ गर्यो । पाँचथर तुमबिया गाउँपालिका वडा नम्बर ५ स्थायी ठेगाना भएका ४२ वर्षका लिम्बु कपनमा परिवारसहित बस्दै आएका थिए ।

लिम्बुको मोटरसाइकलमा लुकाइराखेको अवस्थामा कस्तुरीका बिना फेला परेको भन्दै नेपाल प्रहरीको वेभसाइटमा यो समाचार गएको शुक्रबार प्रकाशित पनि भयो ।

प्रहरीले शिव लिम्बलाई कस्तुरीको बिना सहित पक्राउ गरिएको भन्ने सूचना बाहिर ल्याए पनि कार्यक्रम सिधा कुरा जनतासँगले यो घटनालाई सुनियोजित हिसाबले लिम्बुलाई फसाउन प्रहरी परिचालित भएको भन्न सकिने सीसीटीभी फुटेज फेला पारेको छ ।

चाबहिलको यो सडकमा दाहिनेतिरको नाम बिनाको यो रेष्टुरेन्टमा शिव लिम्बु नामका यी व्यक्ति दिउँसो १ बजेर ३५ मिनेटमा आइपुग्छन् । लिम्बुले चढ्ने बा ८२ प ५७९ नम्बरको बुलेट मोटरसाइकल यिनले रेष्टुरेन्टको अगाडि पार्क गर्छन् । त्यसपछि यिनी रेष्टुरेन्ट भित्र पस्छन् ।

दिउँसो २–३–४–५ बजेसम्म लिम्बु यहि रेष्टुरेन्टमा हुन्छन् । दिउँसो २ बजेर १८ मिनेटमा केही बेर बाहिर पनि निस्किन्छन् । दिउँसो २ बजेर ३६ मिनेटमा पानी परेको देखिन्छ ।

यो बेलासम्म यहाँ केही भएको देखिँदैन । मानिसहरु सबै आ आफ्नो काम धन्दामा लागि रहेका छन् । बेला बेला फोनमा कुरा गर्न लिम्बु रेष्टुरेन्टको ढोकासम्म पनि आउँछन् । सीसी टिभी फुटेजमा यस्तै देखिन्छ ।

दृश्यमा बदलाव त्यो बेला आउँछ जब घडीले साँझको ६ बजेको देखाउँछ । साँझ ठिक छ बजेर ४० मिनेटमा लिम्बुले पार्क गरेको बुलेट मोटरसाइकल तिर कालो पाइन्ट–निलो कालो विन्ड चिटर–कालो क्याप–सेतो कालो जुत्ता लगाएका एक युवक क्यामेराको फ्रेममा देखा पर्छन् ।

युवक मोटरसाइकल पार्क गरिएको स्थानमा पुग्छन् । आफ्नो विन्ड चिटरको गोजीबाट रातो कपडामा बेरिएको केही वस्तु निकाल्छन् । सजगतापूर्वक बुलेट मोटरसाइकलको सिट मुनी घुसारिदिन्छन् ।

रातो कपडामा बेरिएको वस्तु सिट मुनी घुसारेपछि यी व्यक्ति देब्रे पटिको सोलु एन्ड संखुवासभा एभरेष्ट मोमो सेन्टरतिर प्रवेश गर्छन् । सीसी टीभी क्यामेरामा यो रेष्टुरेन्टबारे स्पष्ट देखिँदैन ।

यसपछि ६ बजेर ४ मिनेटमा शिव लिम्बु आफैं पनि रेष्टुरेन्टबाट बाहिर निस्किन्छन् । आफ्नो मोटरसाइकलमा रातो वस्तु राखेकै ठाउँमा हेर्छन् पनि । यिनले यस्तो किन गरे ? के हेरे ? भन्ने स्पष्ट भएको छैन ।

तर यसपछिको घटनाक्रम अझै खतरनाक र सनसनीपूर्ण तरिकाले अघि बढेको छ । ६ बजेर ५ मिनेटमा पहेलो ज्याकेट लगाउने व्यक्तिकोका पछि लागेर यहाँ तीन जना मानिसहरु शिव लिम्बु रहेकै रेष्टुरेन्टमा लहरै प्रवेश गर्दैछन् । यी तीनै जना गौशाला वृत्तबाट खटिएका सादा पोशाकका प्रहरीहरु हुन् ।

अर्थात अब शिवलाई कस्तुरीको बिना आफ्नो मोटरसाइकलमा लुकाई राखेको अभियोगमा पक्राउ गर्न यी प्रहरीहरु रेष्टुरेन्टमा प्रवेश गर्दैछन् ।

६ बजेर साढे पाँच मिनेटमा पहेँलो भेष्ट लगाएका यी प्रहरी रेष्टुरेन्टबाट बाहिर निस्केका छन् । र यीनले ‘यता आउनु’ भन्दै कसैलाई बोलाउछन् ।

यता आउनु भनेर बोलाए लगत्तै यहाँ जसको प्रवेश भयो, यो दृश्यले जो कोहीलाई हैरान पारिदिन सक्छ । किनभने प्रहरीले बोलाएपछि आउने व्यक्ति तिनै हुन् जसले शिवको मोटरसाइकलमा रातो कपडाले बेरेर कस्तुरी बिना राखिदिएका थिए ।

अर्थात मोटरसाइकलमा कस्तुरी बिना राखिदिने र प्रहरीबीच पहिले नै व्यवस्थित योजना सेटिङ भएको जस्तो देखिन्छ । प्रहरीले बोलाएपछि रेष्टुरेन्ट प्रवेश गर्नेभन्दा वरको प्यासेजमा प्रवेश गरेका युवक केही सेकेन्डमै फर्किन्छन् ।

युवक फर्कि सकेपछि सादा पोशाकका प्रहरीहरु बाहिर निस्किन्छन् । मोबाइल झिकेर फोटो खिच्छन् । रातो कपडा भित्र के छ भन्ने कुरा खोलेर हेर्नुअघि नै उनीहरु फोटो खिच्न थाल्छन् ।

यसको केही समयपछि सादा पोशाकका प्रहरीहरुले वर्दीका प्रहरीहरु पनि बोलाउँछन् । शिव लिम्बुको मोटरसाइकलमा राखिएको वस्तु कस्तुरी बिना हो होइन भन्ने जाँच गर्नुअघि नै रेष्टुरेन्ट भित्र उनलाई हत्कडी लगाएर बाहिर निकालिन्छ ।

साँझ ढल्दैगरेका कारण हुन सक्छ यसपछिका केही फुटेज सादा देखिएका छन् । प्रहरीको भिडभाडबीच शिव लिम्बुलाई प्रहरीले बाहिर निकाल्छ । प्रहरीहरु घटना मुचुल्का गर्न कागज बोकेर आउँछन् ।

दृश्यले शिव लिम्बुको मोटरसाइकलमा कालो क्याप, मास्क लगाएको व्यक्तिले केही वस्तु राखिदिएको स्पष्ट हुन्छ । सीसीटीभी फुटेजमा नदेखिएको तर प्रहरीले गरेको हर्कतबारे शिवकी पत्नी प्रतिमा राईले खुलासा गरेकी छिन् ।

प्रतिमा र उनका आफन्त तथा इष्टमित्रहरुले प्रहरीले योजना बनाएरै आफ्नो पतिलाई फसाएको दावी गरेकी छिन् ।

प्रतिमाका अनुसार शिवलाई हत्कडी लगाएरै प्रहरीहरु डेरामा आए । डेरामा खानतलासीका नाममा सिरक डस्ना उथलपुथल पारे । कुनै मोस्ट वान्टेड अपराधीलाई पक्राउ गरिसकेपछि प्रहरीमा देखिने जस्तो व्यवहार डेरामा देखाए ।

शिवका इष्टमित्र साथी भाई सबैले अहिले भनिरहेका छन् – योजना बनाएरै फसाइएको हो । शिवको पृष्ठभूमि कुनै आपराधिक थिएन । हालसम्म कुनै पनि प्रकारको अपराधमा उनी जोडिएका पनि छैनन् ।

शिवलाई गएको बिहीबार प्रहरीले पक्राउ गरेको थियो । उनलाई पक्राउ गर्ने बेला प्रहरी र एक शंकास्पद व्यक्तिको भूमिका सीसीटीभी फुटेजमा प्रष्ट देखिन्छ । यहाँ जो जो परिचलान भए उनीहरुले ठाने कि यहाँका खेलाडी हामी नै हौं । तर उनीहरुमाथि पनि निगरानी चाहिँ यो सीसीटिभी क्यामेराले गरिरहेको थियो ।

शिवको मोटरसाइकलमा कस्तुरी बिना राखेपछि यी युवक अगाडिको रेष्टुरेन्ट भित्र पस्छन् । हामी यहि रेष्टुरेन्टसम्म पुग्यौं । रेष्टुरेन्टका सञ्चालकले त्यो दिन को आयो, को गयो केही ख्याल नभएको जानकारी दिए ।

यसपछि हामी शिव लिम्बु दिउँसो १ बजेदेखि ६ बजेसम्म बसेको यो रेष्टुरेन्टका सञ्चालकलाई पनि हामीले त्यो दिनको घटनाबारे चासो राखेका छौं ।

शिवकी पत्नी प्रतिमाका अनुसार तीन महिनाअघि शिवको स्थानीय एक व्यक्तिसँग सामान्य झैझगडा परेको थियो । ती व्यक्तिले घरमै आएर कुटपिट गर्छु भन्ने धम्की पनि दिएका थिए ।

धम्की दिए पनि उनी आएका भने थिएनन् । त्यो बाहेक शिव कुनै पनि प्रकारका विवादमा मुछिएका थिएनन् । अहिलेको कस्तुरी बिनाको चक्करले शिव वा उनको परिवारलाई मात्रै होइन, प्रहरीको ‘सत्य, सेवा सुरक्षणम्’ नारामै प्रश्न चिन्ह लागेको छ ।

प्रकाशित मिति: २९ असार २०७९, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com