काठमाडौँ । पुर्व संञ्चारकर्मी तथा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रबि लामिछानेले अर्थमन्त्रालयको डिलिट भएको भनिएको सिसिटिभी फुटेज एक घण्टामै रिकभर हुने दाबी गरेका छन् ।

पार्टीको सुदुरपश्चिम प्रदेश भेलालाई शनिबार धनगढीमा सम्बोधन गर्दै अध्यक्ष लामिछानेले यस्तो चुनौती दिएका हुन्। चुनौतीका साथ भन्छु, मलाई एक घण्टाका लागि अर्थमन्त्रालयको कम्प्युटरको हार्डडिस्क दिइयोस्।’, उनले भने, ‘कस्तो कलरमा चाहिन्छ ? एचडीमा चाहियो कि फोरके रिकभर गरेर सर्वसाधारणलाई देखाउन सकिनँ भने भन्नुहोला।

अर्थ मन्त्रालयको सिसिटिभी फुटेज रिकभर हुन नसकेपछि तत्कालीन अर्थमन्त्री जनार्दन शर्मालाई शुक्रबार बजेटमा करका दर हेरफेर प्रकरणमा संसदीय छानबिन समितिले सफाइ दिएको थियो ।

लामिछानेले प्रमुख प्रतिपक्षी एमालेले एम अधिकारीसँग सिसिटिभी फुटेज हराएको विषय साटेको आरोप पनि लगाए । ‘यहाँ खोइ प्रतिपक्ष उनले थपे, ‘अर्थ मन्त्रालयको सिसिटिभीको फुटेज डिलिट भएको विषय एम अधिकारीसँग साटफेर गर्ने पनि प्रतिपक्ष हुन्छ एमालेको अर्थ तथा योजना विभागको सदस्यमा रहेका एम अधिकारी राष्ट्र बैंकका गभर्नर रहेको भन्दै कांग्रेस र माओवादीले उनको राजीनामा मागेका थिए। तर अहिले यो विषय पनि सेलाएको छ ।

 

प्रकाशित मिति: १४ श्रावण २०७९, शनिबार

aatmaram khanal

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2023 globalnagarik.com All rights reserved. | Website by Appharu.com