पृथ्वीबहादुर शाहले राष्ट्र बैंकविरुद्ध सर्वोच्च अदालतमा दायर गरेको रिटमा सोमबार सुनुवाई हुँदैछ । न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार चुडालको संयुक्त इजलासमा सुनुवाई हुनेगरी पेशी तोकिएको छ ।   वर्ल्ड एक्सपोर्ट एण्ड इम्पोर्ट प्रालिका सञ्चालक पृथ्वीबहादुर शाहले अमेरिकाबाट आएको रकम राष्ट्र बैंकको निर्देशनमा रोक्का राखिएको भनेर राष्ट्र बैंक विरुद्ध रिट दायर गरेका हुन् ।

अछामको दर्ना–८ घर भएका पृथ्वीबहादुर शाहको नाममा अमेरिकाबाट आएको ४० करोड रुपैयाँ नेपालका विभिन्न बैंकमा रोक्का राखिएको छ । शाहले सो रकम फुकुवाका लागि आग्रह गरेका छन् ।

 

प्रकाशित मिति: ५ बैशाख २०७९, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com