काठमाडौं । धर्मगुरु पुष्कर खतिवडा ललितपुरको इमाडाेलबाट पक्राउ परेका छन्।
प्रहरीकाे विशेष टाेलीले उनलाई पक्राउ गरेको प्रहरीका एक अधिकारीले जानकारी दिए।
शुक्रबार काठमाडौँको तीनकुनेमा राजावादी गरेको हिंसात्मक आन्दोलनमा उनले ढुंगा हान्दै अरूलाई पनि यसो गर्न निर्देशन दिएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १५ चैत्र २०८१, शनिबार
प्रतिक्रिया