प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार भारतीय जनता पार्टी (भाजपा)को कार्यालयमा ‘पाइला के टेक्नुभयो’ यता नेपालको राजनीतिक बृतमा खेलाबेला नै सुरु भयो। क्रिया प्रतिक्रियाको बाढी नै आयो। मानौदेउवाले भाजपाको कार्यालयमा पुगेर धेरै ठूलो गल्ति गर्‍यो। देशको छवि नै धुमिल भयो। मुलुकको स्वाभिमानमाथि नै चोट पुर्‍याएको भन्ने खालका प्रतिक्रिया व्यक्त गर्नमा नेता एवम् राजनीतिक विश्लेषकहरुबीच प्रतिस्पर्धा नै सुरु भएको जस्तो देखिन थाल्यो। विभिन्न सञ्चारमाध्यमका साथै समाजिक सञ्जालमा सो विषय दुई दिनदेखि भरिभराउनै देखिन्छ।

सत्ताधारी पार्टी भाजपाको अध्यक्ष जेपी नड्डाको निम्तो प्रधानमन्त्री देउवा भाजपा मुख्यालयमा पुग्नुभएको हो। छिमेकी राष्ट्रका सत्ताधारी दलका अध्यक्षको निम्तोलाई ठुकराउने कार्य कुटनीतिक दृष्टिकोणले उचित हुने थिएन्। भारतसँग सम्बन्धमा सुमधुर बनाउनमा सो मुख्यालयको भ्रमणले पक्कै केही न केही सकारात्मक भूमिका निर्वाह गर्नेछ। यस विषयलाई राजनीतिकरण गर्नुभन्दा यस भ्रमणलाई राष्ट्रको लागि उपलिब्धमूलक बनाउनका लागि सुझाव दिँदा उत्तम हुने थियो।

डा. प्रकाशचन्द लोहनीले प्रधानमन्त्री देउवासँग भाजपा कार्यालयमा पुगको सम्बन्धमा उहाँले प्रश्न गर्दै मित्रता कायम गर्न ‘लम्पसार’ नै हुनुपर्छ र आफ्नो मर्यादा आफैं राख्ने कि नराख्ने ? भनेर ट्वीट गर्नुभयो।

तर, २०७५ साल असार ७ गते उहाँकै पार्टीका अध्यक्ष तत्कालीन प्रधानमन्त्री केपी ओली चीनको भ्रमणको क्रममा चिनियाँ कम्युनिष्ट पार्टीको अवलोकन तथा चिनियाँ कम्युनिष्ट पार्टीको स्कुल विभागमा प्रवचन दिनुभएको थियो। उतिखेर, केपी ओलीको सम्बन्धमा खासै चर्चाको विषय बनेनन्। सो समयमा उहाँहरुको ट्वीट देखिएन्। प्रधानमन्त्री देउवा देशको प्रतिनिधित्व गर्दै हुनुहुन्छ। उहाँ भाजपाको मुख्यालयमा पुग्ने उद्देश्य निश्चित रुपमा राष्ट्रको हितसँग जोडिएको हुनुपर्छ। प्रोटोकल र सुरक्षाघेराको महत्व भए पनि कहिँलेकाहीँ लोकप्रिय नेताले सुरक्षा घेरा तोडेर जनतासँग मिल्न पुग्छन्।

यस कार्यमा नरेन्द्र मोदी अग्रपक्तिमा पर्नुहुन्छ। उहाँ देश र विदेशमा पनि सुरक्षा र प्रोटोकलको ख्याल नराखी जनताको भावनालाई सम्मान गर्दै अनेकौं पटक सुरक्षा घेरालाई तोडेका छन्।

विपी कोइराला प्रधानमन्त्री बनेपछि भारत भ्रमणको क्रममा समाजवादी नेता राममनोहर लोहियाको निवासमैं भेट्न पुग्नुभएको थियो। नेपालको राणाशासनको विरुद्ध सशस्त्र क्रान्तिमा लोहियाको सहयोग पुर्‍याउनु भएको थियो। लोहिया, विपीको निकटतम मित्रपनि हुनुहुन्थ्यो। यसअघि पनि यस्ता कार्य भएकाले निश्चित रुपमा प्रधानमन्त्री देउवाको कुनै पार्टीको मुख्यालय पुग्ने विषय नौंलो घटना होईन्।

२०६३ सालमा गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भएपछि भारतको भ्रमण गर्दा भारतीय प्रधानमन्त्री मनमोहन सिंह दिल्ली विमानस्थलमैं पुगेर भव्य रुपमा स्वागत गर्नुभएको थियो। भारतीय प्रधानमन्त्री विदेशी पाहुनाको स्वागतका लागि हत्तपत्त विमानस्थल पुग्दैनन्। सो बिरलै घटना भएपछि मनमोहन सिंहलाई पत्रकारहरुले जिज्ञासा राख्दा उहाँले भन्नुभयो,“गिरिजाप्रसाद कोइराला दक्षिण एशियाको सवैभन्दा सिनियर नेता हुनुहुन्छ।”

तसर्थ, प्रोटोकलको विषयमा पनि ख्याल राख्नुपर्ने हुन्छ। राष्ट्रको प्रतिष्ठामा आँच आउन दिनु हुँदैन्। तर, राजनीतिमा व्यवहारिकताको पनि महत्व हुन्छ। व्यवहारिकता र बोल्नेशैलीले धेरै बढी सकारात्मक प्रभावपार्ने गर्छ। पश्चिमी मुलुक जाँदा प्रधानमन्त्रीसहितको टोली बजारमा सामान खरिद गर्न पुग्छन्। यी विषय त भ्रमणको सूचीमा समावेश त हुँदैन्। त्यो बेलामा प्रोटोकललगायतका कुरा उठ्ने गर्दैन्। दिल्ली भ्रमणमा रहेका प्रधानमन्त्रीको टोलीका कतिपय व्यक्तिहरुले निश्चित रुपमा सामानहरु खरिद गर्नेछन्। तसर्थ, सानातिना विषयलाई राष्ट्रको गरिमासँग जोड्नु उचित हुँदैन्।

प्रकाशित मिति: २८ चैत्र २०७८, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com