भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या झण्डै ९० प्रतिशतले बृद्धि भएको छ । कोरोनाभाइरसको नयाँ भेरियन्टको रुपमा रहेको ओमिक्रोनको सङ्क्रमण पछिल्लो केही दिनदेखि फेरि बढ्न थालेको हो ।

सोमबार दिइएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा एक हजार १५० जना सङ्क्रमित भएका छन्। त्यसैगरी पछिल्लो एक दिनमा एक हजार ९८५ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन्। संघीय स्वास्थ्य मन्त्रालयले भारतमा अहिले ११ हजार ५४२ जना सक्रिय सङ्क्रमितहरु रहेका छन्।

भारतमा अहिलेसम्म कोरोना भाइरसबाट सङ्क्रमित भएर सङ्क्रमणमुक्त भइसकेकाहरुको सङ्ख्या चार करोड २५ लाख १० हजार ७७३ पुगेको छ।

कुल सङ्क्रमित मध्ये ९८.७६ प्रतिशत सङ्क्रमणमुक्त भएका छन्। मन्त्रालयका अनुसार भारतमा अहिलेसम्म पाँच लाख २१ हजार ९६५ जनाको कोरोनाका कारण मृत्यु भएको छ।

प्रकाशित मिति: ५ बैशाख २०७९, सोमबार

aatmaram khanal

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2023 globalnagarik.com All rights reserved. | Website by Appharu.com