काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका नेतृ रामकुमारी झाँक्रीले काठमाडौं महानगरका मेयर बालेन्द्र शाहलाई सँगै मिलेर बनाएको योजनामा अगाडि बढ्न आग्रह गरेकी छिन् ।

शुक्रबार दिउँसो फेसबुकमा ९ बुँदे आग्रह अपडेट गर्दै नेतृ झाँक्रीले मेयर शाहलाई आफूले जस्तो दलीय दबाब व्यहोर्न नपर्ने तर्क गरेकी छिन् । झाँक्रीले अनधिकृत संरचनामा डोजर लगाउने मेयर शाहको कदमलाई समर्थन गर्दै अगाडि गर्नुपर्ने कामहरूको सूचि पनि प्रस्तुत गरेकी छिन् ।

‘यसपछि अब पालो हुनेछ उपत्यकाका नदी किनारका अतिक्रमण हटाउने,’ उनले लेखेकी छिन्, ‘मैले बागमति करीडोरका ४१ वटा अतिक्रमित संरचना हटाएइसकेको थिएँ,  निर्वाचन आएकोले नगरौं भन्ने दवाव आयो र स्थगन गर्न पर्‍यो ।’ पार्टीको दबाबको बावजुद स्थानीय चुनावपछि २ जेठ २०७९ बाट करीडोरका अतिक्रमित संरचना पुनः हटाउन सुरु गरेको बताएकी छिन् ।

पूर्व शहरी विकास मन्त्री झाँक्रीले आफू मन्त्री रहँदा मेयर शाहसँग बसेर केही योजना बनाएको स्मरण पनि गरेकी छिन्। ‘सुकुम्बासीको नाममा अतिक्रमण भएका स्थानहरूलाई खाली गर्ने कामको पनि केही योजना बनेको छ,’ उनले लेखेकी छिन्, ‘मलाई जस्तो दलीय दवाव मेयर बालेन जीलाई हुँदैन ।’

नेता झाँक्रीले इमा्दार प्रयासहरू सफल हुने उल्लेख गर्दै लेखेकी छिन्, ‘म सधैं तपाईंसँगै छु, तपाईंको पछाडि । यसलाई जारी राख्नुहोस्।’

प्रकाशित मिति: १० भाद्र २०७९, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com