काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनावपछि सडकमा जाने घोषणा गरेका छन् ।
निर्वाचन र शासन प्रणाली बदल्नुपर्ने भन्दै उनले आगामी चुनावपछि आफू सडकमा जाने बताएका हुन्। मार्क्सवादी ज्ञान केन्द्रले आइतबार आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले अहिलेका शासन प्रणाली र चुनाव प्रणाली फेर्न सडकमा जानुको विकल्प नरहेको बताए।
समाजवादको नेपाली मार्गचित्र विषयक कार्यक्रममा प्रचण्डले भने, ‘चुनावपछि यो प्रणाली बदल्न सडकमा जान्छु ।’
प्रकाशित मिति: १९ भाद्र २०७९, आइतबार
प्रतिक्रिया