हेटौंडा । पार्टीविरूद्ध फेसबुकमा स्टाटस लेखेपछि रवि लामिछाने सभापति रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले हेटौंडा उपमहानगर समितिका संयोजक सन्तोष न्यौपानेलाई निलम्बन गरेको छ।

न्यौपानेले पार्टीको सिद्धान्त, विचार र धारणा तथा नीतिविपरीत हुने गरी स्टाटस लेखेको भन्दै महामन्त्री मुकुल ढकालले भदौ १९ मा निलम्बन गरिएको पत्र पठाएका हुन्।

‘पार्टीको छविलाई बदनाम गर्ने कार्य गरेको र सम्बन्धित बागमती प्रदेश समिति समेतबाट न्यौपानेविरूद्ध उजुरी आएकोले सदस्यता र कायम रहेको पदबाट निलम्बन गरिएको जानकारी गराइन्छ,’ उनले भनेका छन्।

न्यौपाने साउन २७ मा मात्रै हेटौंडा नगर संयोजक भएका थिए। न्यौपानेले पार्टी सिद्धान्तविहीन भएको पनि फेसबुकमा लेखेका छन्।

‘लामिछानेको गोजीको सिद्धान्त मानिदिनुपर्ने के हामी २१ औं शताब्दीका मुर्ख नेपाली हौं?’ उनले आरोप लगाउँदै स्टाटस लेखेका छन्।

 

 

प्रकाशित मिति: २० भाद्र २०७९, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com