काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले प्रहरी हिरासतमा रहेका गरूड सेक्युरिटीजका सुरक्षागार्ड शेरजंग गुरूङलाई रिहाइ गर्न निर्देशन दिएका छन् ।

संस्कृत, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठलाई लाइन बस्न आग्रह गरेकै कारण थुनामा परेका गुरुङलाई रिहाइ गर्न गृहमन्त्री खाँणले निर्देशन दिएका हुन्।

सोमबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाललाई प्रक्रिया पुर्‍याएर सुरक्षागार्ड गुरूङलाई रिहा गर्न निर्देशन दिएको गृह मन्त्रीको सचिवालयले जनाएको छ ।

व्यक्तिगत कामका लागि ठमेलस्थित छाँयासेन्टर पुगेका पर्यटन मन्त्री श्रेष्ठलाई लाइन नमिच्न आग्रह गर्दा सुरक्षागार्ड पक्राउ परेका थिए ।

गुरुङमाथि अभद्र व्यवहारमा मुद्धा चलाउने तयारी थियो ।

प्रकाशित मिति: २० भाद्र २०७९, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com