काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री जीवनराम श्रेष्ठले आफूलगायत सेवा लिन गएकालाई भिएफएसका सुरक्षागार्डले भेडाबाख्राजस्तो व्यवहार गरेको आरोप लगाएका छन् । उनले सुरक्षागार्ड शेरजंग गुरुङले सम्मानजनक व्यवहार नगरेको गुनासो पोखे ।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘त्यहाँ अमानवीय व्यवहार भयो । मैले गाली गरेको पनि होईन । उसको व्यवहार देखेपछि मेरो सुरक्षामा खटिएका पिएसओलाई पनि मन्त्री-सन्त्री म चिन्दिनँ भने ।’

आफूमाथि लगाईएका आरोप कपोकल्पित रहेको उनको भनाई थियो । उनले आफू र सुरक्षागार्डबीच कुनै भनाभन नभएको बताए। उनले आफूले लाईनमा बसेर नै बायोमेट्रिक्स गरेको र सो काम सकेर फर्किँदा सुरक्षागार्ड गुरुङले आफूलाई घुरेर हेरेको स्मरण गराए ।

उनले भने, ‘उसलाई त्यो बेलामा कुनै रियालाईजेशन थिएन। म लाईनमै बसेको छु । त्यहाँको जे रुल्स छ, त्यसलाई मैले फलो गरेको छु । म लाइनमा नबसेको कुरा आएको छ, त्यो निराधार हो ।’

प्रकाशित मिति: २१ भाद्र २०७९, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com