काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद गजेन्द्र महतले प्रतिनिधि सभा बैठकमा नआउने र तलब भत्ता नलिने घोषणा गरेका राप्रपाका सांसद राजेन्द्र लिङ्देनलाई व्यङ्ग्य गरेका छन्। महतले लिङदेनलाई व्यङ्ग्य गर्दै ‘सदनका बोझ’ भनेका हुन्।

‘आफूलाई अब्बल, राष्ट्रवादी र इमान्दार ठान्ने, संसदमा आक्कलझुक्कल आउने, आउँदा पनि राजा महाराजा आएको झल्को देखाउने, सदनको भूमिकामा चासो नै नराख्ने, पहिले नै राजीनामा दिनुपर्ने मान्छे, साँचो अर्थमा भन्दा सदनका लागि बोझजस्ता देखिने माननीयज्यूले राजीनामा दिएर हल्का महशुस गराइदिएकोमा उहाँलाई धन्यवाद’, महतले मंगलबारको संसद बैठकमा भने, ‘पुन: सांसद भएर आइहालेमा उहाँको भूमिका के हुने त्यो हेर्न बाँकी नै छ। उहाँलाई केही भनेर बिदाइ गर्ने मन थियो। त्यो अवसर पाइएन।’

राप्रपाका एकमात्र सांसद लिङदेनले आइतबार प्रतिनिधि सभा बैठकमा अबदेखि उपस्थित नहुने र तलब भत्ता पनि नलिने घोषणा गरेका थिए।

प्रकाशित मिति: २१ भाद्र २०७९, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com