काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न प्रदेश मधेशको जनकपुर जाने भएका छन् ।

अध्यक्ष ओलीले नेपाली काँग्रेसका पूर्वमन्त्रीसहित नेताहरुलाई पार्टी एमालेमा स्वागत गर्न जनकपुर जान लागेको उनको सचिवालयले जनाएको छ।

उनी बिहान ११ बजे जनकपुर अवतरण हुने बताइएको छ । कार्यक्रममा नेपाली कांग्रेसका नेता सन्तोषकुमार यादव र पूर्वमन्त्री अरविन्द साहसहित कम्तिमा ५ हजार जना एमाले प्रवेश गर्न लागेको बताइएको छ ।

स्थानीय तहको मत परिणाम हेर्दा मधेश प्रदेशमा नेकपा एमाले तुलनात्मक रुपमा कमजोर छ ।

प्रकाशित मिति: २७ भाद्र २०७९, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com