काठमाडौं । काठमाडौंको पिंगलास्थानको एक होटेलमा मृत फेला परेकी युवतीसँग संलग्न भनिएका जापानबाट फर्किएका युवा पनि मृत फेला परेका छन् । ओखलढुङ्गाका २३ वर्षीय युवा देवबहादुर थापा मृत भेटिएका हुन् ।

काठमाडौंको कागेश्वरी मनोहराकी २१ वर्षीया युवती सुस्मिता खड्का गत बुधवार पिंगलास्थानको बागमती होटेलको ३०८ नम्बर कोठाभित्र मृत फेला परेकी थिइन् । उनीसँगै ओखलढुङ्गाका थापा बास बसेको खुलेको थियो ।

त्यसपछि प्रहरीले थापाको खोजी गरिरहेको थियो । प्रहरीका अनुसार थापा शनिवार ओखलढुङ्गाको सुनकोसी गाउँपालिका–३ सिस्नेरीमा झुन्डिएको अवस्थामा भेटिएका छन् ।

थापा मंसिरमा जापानबाट नेपाल आएको प्रहरीको अनुसन्धानमा देखिन्छ । यता सुस्मिता पनि जापानको तयारीमा थिइन । उनी जापनिज भाषा सिक्दै थिइन् ।

उनीहरूबिचको सम्बन्ध र सुस्मिताको मृत्युको कारण प्रहरीले खोजी रहेको छ । यस्तोमा थापा पनि मृत भेटिएपछि प्रहरीका लागि थप अनुसन्धानको दायरा बढेको छ ।

प्रकाशित मिति: २० पुस २०८१, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com