काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेविरुद्ध बलात्कारको आरोप लगाउने किशोरी भन्दै सामाजिक सञ्जालमा असम्बन्धित तस्वीर भाइरल बनाइएको छ।

आफ्नो तस्बिर दुरुपयोग गरिएको भन्दै भाइरल भएकी युवतीले साइबर ब्यूरोमा उजुरी दिएकी छिन्। ब्यूरो स्रोतका अनुसार युवतीले केही दिनअघि निवेदन दिएकी हुन् । उनले सामाजिक सञ्जालमा प्रयोग भइरहेको तस्बिर तथा त्यसमा आएका गालीगलौजको स्क्रिनसटसहित निवेदन दिएकीछन्। आफूले सन्दीपविरुद्ध कुनै आरोप नलगाएको भन्दै बिनाकारण बदनाम गर्न खोजिएको ती युवतीले गुनासो छ। यसमा संलग्नहरुलाई कानुनी कारबाहीको दायरामा ल्याउन उनको माग छ।

गत मंगलबार एक १७ वर्षीया किशोरीले सन्दीपविरुद्ध बलात्कारको आरोप लगाउँदै महानगरीय प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् । त्यसको दुई–तीन दिनपछि केही फेसबुक ग्रुपहरुले जाहेरीकर्ता किशोरी भन्दै एउटा तस्बिर सार्वजनिक गरेका थिए। नेपालको कानून अनुसार यसै पनि यस्तो घटनामा जाहेरीकर्ताको पहिचान र तस्बिर सार्वजनिक गर्न मिल्दैन । त्यसमाथि यसरी सार्वजनिक गरिएको तस्बिर सम्बन्धित व्यक्तिमा नभएको एक प्रहरी अधिकृतले बताए ।

प्रकाशित मिति: २७ भाद्र २०७९, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com