काठमाडौँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफू सर्वोच्च अदालत जान तयार भइसकेपछि सरकारले आफ्नो क्वाटरको गेटमा तालाबन्दी गरेको बताएका छन् ।

प्रतिनिधिसभाको कार्यकाल सकिएसँगै सर्वोच्च फर्कने तयारी गरेका जबराले आफू तयार भएर निस्कने बेला सरकारले गेटमा तालाबन्दी गरेको बताएका हुन्। ‘म (आज) ११ बजे सर्वोच्च पुग्ने तयारी गर्दै थिएँ र त्यसअनुसार तयार भएको थिएँ,’ जबराले भने, ‘तर, सरकारले गेटमा तालाबन्दी गरिदिएको छ ।’

‘सर्वोच्चको गेटमा कि निवासको गेटमा तालाबन्दी ?’ भन्ने प्रश्नमा उनले आफ्नो निवासमा तालाबन्दी गरेर प्रहरी तैनाथ गरिएको बताए।

‘क्वाटरबाट निस्किनै नसक्ने गरी प्रहरीले घेरा हाल्यो’

आफू बस्ने क्वाटरमै प्रहरी खटाएर सरकारले ज्यादती गरेको टिप्पणी उनले गरे । ‘यस्तो अराजकता र ज्यादती ठीक होइन,’ उनले भने ।

क्वाटर र सर्वोच्चको ढोकामै प्रहरी खटाइसकेपछि अब के गर्नुहुन्छ भन्ने प्रश्नमा उनले भने, ‘सरकारले नै मलाई क्वाटरबाटै बाहिर निस्कन नसक्नेगरी घेरा हालेर प्रहरी खटाएको छ । अब यत्रो प्रहरी र सरकारका अगाडि एक्लो प्रधानन्यायाधीशको त के नै लाग्छ र ।’ प्रधानन्यायाधीशजस्तो व्यक्तिलाई नजरबन्द गर्नु लोकतन्त्रको उपहास भएको उनले बताए

प्रकाशित मिति: २ आश्विन २०७९, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com