काठमाडौं । सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराकी छोरी सुनिधि राणाले आफूहरूमाथि राज्यले अत्याचार गरेको आरोप लगाएकी छिन् ।जबरा परिवारलाई निवासभित्रै नजरबन्दमा राखिएको र औषधि किन्न जान समेत नदिएको गुनासो उनले गरिन् ।

बालुवाटारस्थित प्रधानन्यायाधीशको सरकारी निवासबाहिर पत्रकारसँग कुरा गर्दै सुनिधिले सरकारले अराजकताको पराकाष्टा गरेको आरोप लगाएकी हुन् । घरमा काम गर्नेलाई समेत बाहिर निस्कन नदिएको उनको आरोप छ ।‘यो त हामी माथि अराजकताको पराकाष्टा भयो । बच्चालाई स्कूल पठाउन र औषधि किन्न जान पनि पाइएको छैन,’ भावुक स्वरमा चोलेन्द्रकी छोरीले भनिन् ।

यसअघि कुरा गर्दै चोलेन्द्रले आफूलाई घरभित्रै नजरबन्दमा राखिएको बताएका थिए ।चोलेन्द्रको अवस्था बुझ्न राष्ट्रिय मानव अधिकार आयोगको टोली निवासमा पुगेको थियो ।

 

प्रकाशित मिति: २ आश्विन २०७९, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com