काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा संविधान दिवस, २०७९ तथा राष्ट्रिय दिवसका अवसरमा नौ सय ९८ जनालाई विभिन्न मानपदवी, अलङ्कार र पदकबाट विभूषित गर्ने घोषणा गरेकी छन् ।

नेपालको संविधानको धारा २७७ को उपधारा ९१० बमोजिम २०७९ भदौ ३१ गतेको मन्त्रिपरिषद्को बैठकको निर्णय र सिफारिसमा विभूषण प्राप्त गर्ने व्यक्तिको नामावली सार्वजानिक गरिएको हो । विभूषित हुने व्यक्तित्वमा कलाकारहरुसमेत छन् ।

विभूषित हुने कलाकारहरुको नामावाली:

  • सुकीर्तिमय राष्ट्रदीप
    नीर शाह: (वरिष्ठ कलाकार, काठमाडौं
    राजेश हमाल: (कलाकार, काठमाडौं
    मदनकृष्ण श्रेष्ठ: (कलाकार, काठमाडौं)
    हरिवंश आचार्य: (कलाकार, काठमाडौं
    नन्दकृष्ण जोशी: (गायक, बझाङ्ग)
  • सुप्रबल जनसेवाश्री
    शम्भु राई ‘कुथुमी’: (गायक तथा संगीतकार, काठमाडौं
    प्रदीपलाल श्रेष्ठ: (चलचित्र निर्देशक, तनहुँ)
    अशोक शर्मा: (चलचित्र निर्देशक, झापा)
    दीपकराज गिरी: (अभिनेता तथा निर्देशक, काठमाडौं)
    आलोकश्री: (संगीतकार, गोरखा)
    दीपक जंगम: ( संगीतकार, काठमाडौं
    आनन्द कार्की: (गायक, सोलुखुम्बु)
    अर्जुन श्रेष्ठ: (अभिनेता, दाङ)
    ज्ञानु राणा: (गायिका, काठमाडौं)
    निरुता सिंह: (कलाकार, सिलुगुढी भारत)
    चेतन सापकोटा: (संगीतकार, मकवानपुर)
    विराज भट्ट (भोजराज भट्ट): (चलचित्र अभिनेता, डडेलधुरा)
    दयाहाङ राई: (कलाकार, भोजपुर)
    सत्यकला राई: (गायिका, खोटाङ)
  • जनसेवाश्री
    सुनिता दुलाल: (लोकगायिका, सिन्धुपाल्चोक)
    प्रदीप खड्का: (कलाकार, ललितपुर)
    कमल सुनार: ( गायक तथा संगीतकार, अर्घाखाँची)
    सन्तोष श्रेष्ठ: (संगीतकार, दाङ)
    दीपक शर्मा: (संगीतकार, म्याग्दी)
    शिवराम विक: (नृत्य निर्देशक, चितवन)
    रमेश कोइराला: (चलचित्र निर्देशक, चितवन)
    सनम कठायत: (कलाकार, डोटी)
    कुमार बस्नेत विक्रान्त: (कलाकार, सर्लाही)
    कुलमान नेपाली: (गायक, सुर्खेत)
    मनोहर सुनाम परियार: (कलाकार, काठमाडौं)
    डिल्लिनारायण पाण्डे: (गीतकार, स्याङ्जा)
    सुरेशकुमार नेपाल परियार: (गायक, काठमाडौं)
    सानुकान्छा शाही: (संगीतकार, काभ्रेपलाञ्चोक)
  • नेपाल सेवा प्रवीण
    प्रभाकर शर्मा: (कलाकार, संखुवासभा)
    इन्द्रबहादुर खत्री: (कलाकार, बागलुङ)
    कृष्णबहादुर बिक: (कलाकार, बझाङ)
    नवीन पौडेल: (गायक, रुपन्देही)
    किरण गजमेर: (गायक)

प्रकाशित मिति: ३ आश्विन २०७९, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com