काठमाडौं । माइतीघर मण्डलामा संविधानविरुद्ध प्रदर्शन गर्ने ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सन्तोष सिलवाल सहितको समूह रहेको छ। उक्त समुहले ‘कालो संविधान’ को संज्ञा दिएर संविधान जलाएका थिए।
संविधान दिवसको दिन माइतीघरमा जम्मा भएर संविधान जलाउनेलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एक अधिकृतले ग्लोबल नागरिकलाई बताए।
प्रकाशित मिति: ३ आश्विन २०७९, सोमबार
प्रतिक्रिया