काठमाडौं । महिला राष्ट्रिय फुटबल टिमका प्रशिक्ष कुमार थापाले जिम्मेवारी छाडेका छन् ।
साफ महिला च्याम्पियनसिपको फाइनलमा बंगलादेशसँग ३–१ ले पराजित भएपछि उनले आजै सोमबारदेखि लागु हुने जिम्मेवारी छाडेको घोषणा गरेका हुन् ।
‘अरुलाई पनि मौका दिनुपर्छ, टिममा बसिरहनु राम्रो होइन, म बस्दा पनि बस्दिन,’ रंगशालामा पत्रकारसँग उनले भने, ‘अफिसियल घोषणा पनि गर्ने छु, यसैलाई अफिसियल घोषणा माने पनि हुन्छ।’
प्रकाशित मिति: ३ आश्विन २०७९, सोमबार
प्रतिक्रिया