सर्वोच्च अदालतले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ।

अधिकारीले दिएको रिटको सुनुवाइ गर्दै आज सर्वोच्चले उक्त आदेश दिएको हो। सर्वोच्चले आदेश गरेसँगै उनी भोलिदेखि काममा फर्कन पाउने भएका छन्।

न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले वैशाख १३ गते दुबै पक्षलाई छलफलका लागि बोलाएको छ।

सुनुवाइअघि आज महाप्रसादको पक्षबाट बहस गर्न आएका केही वकिलले यसअघि उनी लगानी बोर्डको अध्यक्ष हुँदा उनी विरूद्धको रिटमा बहस गरेकाले अहिले हरि फुयालले मुद्दा हेर्न  मिल्ने वा नमिल्ने भनेर प्रश्न उठेको थियो। विषयवस्तु फरक भएको हिसाबले मुद्दा हेर्ने मिल्ने भनेर वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी, सुशील पन्त, सतिशकृष्ण खरेल र शम्भू थापाले बहस गरेपछि रिटको सुनुवाइ अघि बढेको थियो।

प्रकाशित मिति: ६ बैशाख २०७९, मंगलबार

aatmaram khanal

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2023 globalnagarik.com All rights reserved. | Website by Appharu.com