जनकपुर । पूर्वराष्ट्रपति डा. रामवरण यादवले राष्ट्रपति विद्यादेवी भण्डारीको कदमले देश फेरि प्रतिगमनतर्फ जान सक्ने बताएका छन् ।

बुधबार जनकपुरधामस्थित सरस्वती माध्यमिक विद्यालयको भवनको पुनर्निर्माणको भूमिपुजन गर्दै पूर्व राष्ट्रपति यादवले नेपालको गणतन्त्रमा फेरि कालो बादल छाएको बताएका हुन्।

‘दुई दुई पटक सदनबाट पास भएको नागरिकता विधेयकलाई राष्ट्रपति ज्युले प्रमाणीकरण गर्नुपर्थ्यो । राष्ट्रपति संस्थाको मर्यादा, गरिमा, कर्तव्य बुझेर काम गर्नुपर्ने थियो । तर आज उहाँले संविधानको उलंघनकै काम गर्नु भएको छ’, उनले भने ‘ यसले गणतन्त्रमा कालो बादल छाएको छ ।’

प्रकाशित मिति: ५ आश्विन २०७९, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com