काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले अदालतमाथि फेरि प्रश्न गरेका छन् ।

उच्च अदालत पाटनले टुकुचा खोलामाथि बनाइएका संरचना भत्काउने विषयमा परेका मुद्दाको सुनुवाई गर्दै कारण देखाउ आदेश जारी गरेपछि बालेनले अदालतमाथि प्रश्न गरेका हुन् ।

उच्च अदालत पाटनले टुकुचा क्षेत्रमा महानगरले चलाइरहेको डोजरको विषयमा कारण देखाउ आदेश जारी गरेपछि बालेनले फेसबुकमा अदालतमाथि प्रश्न गर्दै स्टाटस लेखेका छन् ।

‘अदालतले नेपाल देशलाई देश कसरी प्रमाणीत गर्छ ‘भन्दै उनले लेखेका छन्, ‘फेरि पनि नदीमा अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ । अदालतले टुकुचा (इच्छुमती) नदिलाई खोला भन्न सक्दैन भने नेपाललाई कसरी नेपाल देश भनेर प्रमाणित गर्नु हुन्छ ?’

प्रकाशित मिति: ६ आश्विन २०७९, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com