काठमाडौं । नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेट गरेको र माओवादीमा प्रवेश गर्ने हल्ला झुट्टा भएको बताएका छन् ।

रायमाझीको सचिवालयले एक प्रेस नोट जारी गर्दै रायमाझी माओवादी केन्द्रमा प्रवेश गर्न लागेको भनेर गलत हल्ला फैलाइएको भन्दै त्यस्ता गलत हल्ला र भ्रमपूर्ण प्रचारमा विश्वास नगर्न आग्रह गरेका हुन् ।

‘सचिव रायमाझी पुनः माओवादीमा फर्कंदै र ‘प्रचण्ड’सँग भेटघाट गरेको भन्ने कुरा प्रचार गरेकोप्रति सचिवालयको गम्भीर ध्यानाकर्षण भएको भन्दै यस्ता खालका अराजनीतिक, कपोकल्पित समाचार र भ्रमका पछाडि नलागी सबै एकताबद्व भई निर्वाचनमा लाग्न हार्दिक अपिल गर्दछौँ’, रायमाझीको सचिवालयले भनेको छ ।

‘अहिले मेराविरुद्ध विभिन्न षडयन्त्रहरू भएका छन्, एमालेमा मेरो सक्रियता र एमालेप्रति जनताको बढ्दो विश्वासबाट अत्तालिएकाहरू मेरो विरूद्ध कुप्रचार गरेर रमाउन खोजेका छन् यस्तो घृणित कार्यको निन्दा गर्छु’, रायमाझीले भने ।

प्रकाशित मिति: ७ आश्विन २०७९, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com