जनकपुरधाम । नागरिकता विधेयकका कारण एमालेलाई मधेसमा एक्ल्याउने प्रयास भइरहेका बेला मधेसवादीमध्ये दोस्रो ठूलो दल लोकतान्त्रिक समाजवादी पार्टीले आगामी चुनावमा एमालेसँगै तालमेलको प्रयास थालेको छ ।
पाँच दलीय सत्ता गठबन्धनमा सामेल हुन खोजेको लोसपालाई गठबन्धनले सीट बाँडफाँटमा भाग दिन नसकेपछि एमालेसँग चुनावी तालमेलको लागि वार्ता अघि बढाउने निर्णय लोसपाले गरेको हो ।
नेकपा एमाले लगायतका अन्य विचार मिल्ने पार्टीहरुसंग सहकार्य गर्न समिति गठन गरिएको लोसपा अध्यक्ष महन्थ ठाकुरले ग्लोबल नागरिकलाई बताए ।
प्रकाशित मिति: ७ आश्विन २०७९, शुक्रबार
प्रतिक्रिया