काठमाडौं । नाबालिग गायिका बलात्कार मुद्दामा पुर्पक्षका लागि तनहुँ जिल्ला कारागारमा रहेका अभिनेता पल शाहलाई आज पुर्वी नवलपरासी लगिने भएको छ। जिल्ला अदालत नवलपुरले बकपत्रका लागि उनलाई बोलाएको हो ।

त्यहाँ पनि उनै पीडितका तर्फबाट पलविरुद्ध बलात्कार मुद्दा दिइएको हो। दुवै जिल्लाका अदालतले थुनछेक बहसपछि उनलाई पुर्पक्षका लागि कारागार चलान गरेको हो। यसअघि पीडित नाबालिग, जाहेरवाला उनका बुबा र घटना हुँदा उनीहरुसँगै रहेका भनिएका केही कलाकारसँग अदालतले बयान लिएको थियो। मंगलबार दुर्गेश थापाले पनि बयान दिएका छन् ।

बुबासँगै हुँदा पीडितले आफुलाई पल शाहले बलात्कार नगरेको बयान दिइन्। मंगलबार जाहेरवालाको छुट्टै बकपत्र भएको हो। अदालतमा भएको बयानमा उनीहरु दुवैले बलात्कार नभएको बयान दिएका छन् ।

 

प्रकाशित मिति: ७ बैशाख २०७९, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com