काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले गफाडीहरुले नै देश बिगारेको बताएका छन् ।

शुक्रबार राजधानीमा आयोजित चार्टर्ड एकाउन्टेन्टको कार्यक्रममा बोल्दै डा.भट्टराईले ठूला ठूला गफ दिने तर व्यवहारमा कसैले पनि देश, समाज र राष्ट्र हितमा काम नगर्ने परिपाटीले मुलुकले दुःख भोगिरहेको बताए ।

मुलुकमा ठूला–ठूला राजनीतिक परिवर्तन, प्रणालीको परिवर्तन भएपनि आर्थिक विकासमा परिवर्तन आउन नसकेको भन्दै डा.भट्टराईले अब सबैले आर्थिक परिवर्तनमा जोड दिनुपर्ने बताए। ‘जीवनभर गफ दिने र उत्तरार्द्धमा देश छाडेर एउटा कुनामा गएर बसेर देश बन्दैन । देश बनाउनका लागि सबैले आ–आफ्नो क्षेत्रबाट देश विकासका लागि, आर्थिक विकासका लागि के गर्न सकिन्छ सो गर्नुपर्छ’ डा.भट्टराईले भने, ‘सबै सेक्टरका सबै जिम्मेवार नागरिक तथा व्यक्तिहरुले जिम्मेवार हुनुपर्छ। देशको हितमा सोच्नुपर्छ अनि मात्र देशको विकास हुन्छ।’

प्रकाशित मिति: २८ आश्विन २०७९, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com