काठमाडौँ । नेकपा एमालेले स्थायी कमिटी सदस्य तथा मधेस प्रदेशका सहइन्चार्ज प्रभु साहलाई कारबाही गरेको छ । रौतहट क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवारी दिएपछि एमालेले शुक्रबार साहलाई पार्टीबाट निष्कासन गरेको हो ।

त्यस्तै रौतहट जिल्ला इन्चार्ज उपेन्द्र साह र सहइन्चार्ज कुन्दनप्रसाद कुशवाहलाई पनि पार्टीविरोधी क्रियाकलापमा स‌ंलग्न भएको भन्दै पार्टीबाट निष्कासन गरिएको एमालेले जनाएका छन् । महासचिव शंकर पोखरेलले उद्धव रेग्मीलाई सहइन्चार्जको जिम्मेवारी तोकेका छन् ।

साथै अर्को व्यवस्था नभएसम्मका लागि उनलाई रौतहट जिल्लाको इन्चार्ज तोकिएको पनि महासचिव पोखरेलले पत्रमा उल्लेख गरेका छन् ।

 

प्रकाशित मिति: २८ आश्विन २०७९, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com