पोखरा । पोखराको बेगनास तालमा डुंगा पल्टिएर एक जना बेपत्ता भएका छन् ।
शुक्रबार दिउँसो परिवार र छिमेकीसहित पोखरा-३१ माझिकुनामा घुम्न गएका पोखरा–१३ बाँझापाटनका ३८ वर्षीय लालबहादुर गुरुङ बेपत्ता भएका हुन् ।
माझिकुनाको एक होटलबाट २ जनाले फरक फरक कायम ढुंगा लिएर बेगनास तालमा गएका थिए । गएको ५ मिनेटमा कायक सँगै गएकी महिलाले चिच्चयाएर गुहार मागेपछि खोजि कार्य भइरहेको भए पनि फेला नपरेको वडा नम्बर ३१ का अध्यक्ष ढकनाथ कडेंलले जानकारी दिए ।
प्रकाशित मिति: २८ आश्विन २०७९, शुक्रबार
प्रतिक्रिया