काठमाडौं । काठमाडौं महानगरले ठेलागाडा खोसेको शर्मिला ठकुरीलाई धरान उपमहानगरका मेयर हर्क साम्पाङले एक महिनाको तलब दिने भएका छन् ।

बिहीबार थापाथलीस्थित प्रसुति गृहको गेटमा पानीपुरी बेच्दै आएकी शर्मिला तामाङको ठेला काठमाडौं महानगरपालिकाको नगर प्रहरीले खोसेर लगेको थियो । सामाजिक सञ्जालमा उनले ठेला जोगाउन गरेको अनुनयलाई महानगर प्रहरीले बेवास्ता गरेको भिडियो भाइरल भइरहेको छ।

महानगरपालिकाले पछिल्लो समय फुटपाथ र ठेलामा व्यापार गर्नेहरुलाई धरपकड बढाएको छ । नगर प्रहरीले ठेला खोसेर लैजाने क्रममा तामाङको विलौना देखेर शर्मिलालाई सहयोग घोषणा गर्नेहरु थपिँदै गएका छन् ।

त्यसै क्रममा धरानका मेयर हर्क साम्पाङले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूले एक महिनाको तलब दिने घोषणा गरेका हुन् । उनले लेखेका छन्, ‘यी बैनी को हुन् ? यिनलाई मेरो एक महिनाको तलब पठाइदिने घोषणा गर्दछु ! जय मान्छे ।’

प्रकाशित मिति: २८ आश्विन २०७९, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com