पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला फुटबलतर्फ नेपाल एपिएफ फुटबल क्लबले कर्णाली प्रदेशलाई फराकिलो अन्तरले पराजित गरेको छ । पहिलो हाफमै १० गोल गरेको एपिएफले दोस्रो हाफमा ६ गोल गर्दै १६-० को जित दर्ता गरेको हो ।

एपिएफको जितमा सावित्रा भण्डारीले ५ गोल गरिन् । उनले १८ मिनेटमा नै ह्याट्रिक पूरा गरिन् । एपिएफको जितमा सरु लिम्बुले ह्याट्रिक पूरा गर्दा अनिता केसी र रविना गोलेले २-२ गोल गरे । गीता राना, मनमाया लिम्बु, सविता रानामगर र प्रिती राईले पनि १-१ गोल थपे ।

एपिएफले यसअघि पहिलो खेलमा प्रदेश-१ लाई ७-१ ले पराजित गरेको थियो । महिला फुटबलमा आज दोस्रो खेलमा गण्डकी र प्रदेश १ खेल्नेछन् । अन्तिम खेल बागमती र लुम्बिनीबीच हुनेछ ।

 

प्रकाशित मिति: २९ आश्विन २०७९, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com