काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजतन्त्रको खतरा अझै रहेको संकेत गरेका छन्। उनले देशमा प्रतिगमनको खतरा अझै रहेको बताउँदै राजतन्त्र पुनर्स्थापना हुनसक्ने खतरा रहेको औल्याएका हुन्।
काठमाडौं उपत्यकामा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘प्रतिगमनको खतरा अझै छ । त्यसैले सबै मिल्नुको विकल्प छैन ।’
चुनावमा कुनै पार्टीको एकल बहुमत नआउने भएकाले गठबन्धन गर्नुपरेको पनि उनको प्रष्टीकरण छ ।
प्रकाशित मिति: ३० आश्विन २०७९, आइतबार
प्रतिक्रिया