काठमाडौं । राप्रपा नेपालका ५ पदाधिकारी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न पुगेका छन्।

केही समय पहिला मात्रै राप्रपाबाट राप्रपा नेपालमा प्रवेश गरेका उपाध्यक्ष श्याम तिमल्सिना र सहमहामन्त्री दमन बस्नेतसहितका पदाधिकारी अध्यक्ष प्रचण्डलाई भेट्न मंगलबार बिहान खुमलटार पुगेका हुन् । चुनावको समयमा राप्रपाका पाँच पदाधिकारी प्रचण्डलाई भेट्न पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

राप्रपाका सहमहामन्त्री बस्नेतले आफूहरुले अध्यक्ष प्रचण्डलाई भेटेको पुष्टि गरे । खुलमटारबाटै बोलावट भएपछि राजनीतिक भेटवार्ता र तिहारको शुभकामना आदानप्रदानका लागि आफूसहित उपाध्यक्ष तिमल्सिना, महामन्त्री केशव श्रेष्ठ, कोषाध्यक्ष ज्ञानेन्द्र कार्की र प्रवक्ता सुरेश आचार्य खुमलटार गएको उनको भनाइ छ ।

सो क्रमममा राप्रपा नेपालका नेताहरुले प्रचण्ड राष्ट्रिय नेता भएको उल्लेख गर्दै आगामी चुनावमा जितका लागि शुभकामना दिएका थिए ।

यस्तै उनीहरुले प्रचण्ड, माओवादी र सत्ता गठबन्धनको पक्षमा सकारात्मक प्रतिक्रिया दिएका थिए ।

प्रकाशित मिति: १ कार्तिक २०७९, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com