विराटनगर । विराटनगर महानगरपालिकाको मुख्य चोक बरगाछीबाट सुनसरीसँगको सीमा छुट्याउन केसलिया खोलासम्मको ४ किलोमिटरमा तीन किलोमिटर सडक ग्राभेल छ । ग्राभेल सडक कालोपत्रे नभएपछि स्थानीयबासिन्दाले चुनावको मुखमा नेता बहिस्कार अभियान सञ्चालन गरेका छन् । एक वर्षअघि सुरु भएको नेता बहिस्कार अभियान उनीहरुले फेरि सञ्चालन गरेका हुन् ।

‘तीन किलोमिटर सडक वर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुन्छ,’ सुदीप लम्साल भन्छन्, ‘सडक कालोपत्रे गर्न पटक पटक माग गरियो, नभएपछि नेता बहिस्कार अभियान सुरु गर्यौं ।’

विराटनगर महानगरपालिका– ४ र ५ मा पर्ने जमुनगाछीका बासिन्दाले प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा नेता बहिस्कार अभियान सुरु गरेको उनले बताए ।

प्रकाशित मिति: १ कार्तिक २०७९, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com