काठमाडौं । रामेछापको खानेपानी कार्यालयबाट २८ लाख रुपैयाँ घुस सहित पक्राउ परेका इञ्जिनियर र प्लम्बरको साथबाट थप साढे ९ लाख रुपैयाँ बरामद भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस सहित पक्राउ परेका दुवैजनाको खानतलासी लिने क्रममा थप साढे ९ लाख रुपैयाँ फेला पारेको हो ।
‘उहाँहरुको खानतलासी चलिरहेको रहेछ, त्यसक्रममा थप साढे ९ लाख रुपैयाा भेटियो’ अख्तियार स्रोतले भन्यो, ‘थप रकम भेटिन थालेपछि हाम्रो टोलीले उनीहरुको साथमा रहेका झोला र अरु सामानको खानतलासी गरिरहेको छ । काम टुंगिएपछि थप कुरा आउला ।’
प्रकाशित मिति: २ कार्तिक २०७९, बुधबार
प्रतिक्रिया