काठमाडौं । काठमाडौं–१ का स्वतन्त्र उम्मेदवार देव शर्माले निर्वाचन आयोगले आफूलाई डोजर भनेर बुल्डोजर चुनाव चिह्न दिएको भन्दै सर्वोच्च अदालतमा रिट दिएका छन्।

२६ असोजमा आयोगले डोजर चुनाव चिह्न दिएको तर अनुसूचीमा हेर्दा डोजर नभई रोलर देखिएको उनले बताएका छन् । उक्त चुनाव चिह्न सच्याउन निर्वाचन आयोगमा निवेदन दिँदा फेरि बुल्डोजर चिह्न दिएको भन्दै उनले रिट दिएका हुन् ।

निर्वाचन आयोगको कदमबाट मतदातामा भ्रम पर्ने र निर्वाचनमा स्वच्छता कायम हुन नसक्ने रिटमा उल्लेख गरिएको छ । उक्त रिटमा शुक्रबारका लागि पेशी तोकिएको छ।

प्रकाशित मिति: ४ कार्तिक २०७९, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com