काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई जानकारी गराएरै आफू चुनाव नलडेको बताएका छन्।
पूर्वप्रधानमन्त्रीहरू सबै लर्को लागेर अब पनि संसदमा गइरहनुको औचित्य नहुने भएकोले आफूले चुनाव नलडेर त्याग गरेको र त्याग गर्ने व्यक्ति महान हुने पनि भट्टराईले बताए।
भट्टराईले त्याग गर्ने नेताका रूपमा गणेशमान सिंहको उदाहरण पेश गर्दै सिंहले प्रधानमन्त्रीको अफर स्वीकार नगरेको पनि बताए।
नयाँ पुस्तालाई हस्तान्तरण गर्नका लागि पनि आफूले चुनाव नलडेको उनको भनाइ छ।
प्रकाशित मिति: ४ कार्तिक २०७९, शुक्रबार
प्रतिक्रिया