काठमाडौं । नेपाल समाजवादी पार्टीकी नेतृ तथा काठमाडौं ७ की सत्ता गठबन्धनकी उम्मेदवार मानुषी यामी भट्टराईले आफ्नो निर्वाचन क्षेत्रका युवालाई स्वदेशमै रोजगारीको वातावरण बनाउने आश्वासन दिएकी छन् ।
काठमाडौं क्षेत्र नम्बर ७ मा आयोजित गठबन्धनको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले सत्ता गठबन्धनले जनताको घरघरमा रहेको समस्या समाधान गर्ने बताइन् ।
यमीले भनिन्, ‘जनताको जीविकासँग सम्बन्धी घरघरमा उठेका चासोलाई हामी सम्बोधन गर्छौं । हामी यहाँका युवाहरुलाई स्वदेशमै रोजगारी गरेर आफ्नै परिवारसँग रहेर बाँच्न पाउने सुनिश्चित गराउँछौँ । काठमाडौंबासी भनेर निर्धक्का साथ हिँड्न सकेका छैनौँ । हामीले यहाँको आवाजलाई बुलन्द गर्नुपर्छ ।’
प्रकाशित मिति: ४ कार्तिक २०७९, शुक्रबार
प्रतिक्रिया