काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओलीका कारण देश संकटमा परेकाले गठबन्धन गर्नु परेको बताएका छन् ।

आफूले विद्रोह नगरेको भए ओली अहिलेसम्म पनि सत्ता रहिरहने र मुलुकलाई बर्बादीतर्फ लगिरहने बताए । शनिवार विराटनगरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष नेपालले नेपाली जनताले बलिदान गरेर ल्याएको संविधान ओलीले दुई–दुई पटक संसद विघटन गरेर उल्लंघन गरेको दाबी गरे । उनले अहिले एमालेले बनाएको गठबन्धनलाई ‘अप्राकृतिक’ बताएका छन ।

लोकतान्त्रिक–वाम गठबन्धनलाई भने ‘अर्गानिक’ गठबन्धनको संज्ञा दिएका छन् । गठबन्धनभित्र केही समस्या भए छलफल गरेर एकढिक्का हुनसमेत उनले निर्देशन दिए ।

प्रकाशित मिति: ५ कार्तिक २०७९, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com