काठमाडौँ । नाबालिग बलात्कार आरोपमा पक्राउ परेका राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेलाई १२ वर्षसम्म कैद सजाय माग दाबीसहित प्रहरीले अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा बुझाएको छ ।

प्रहरी वृत्त गौशालाले जाहेरी परेको करिब डेढ महिनापछि आइतबार सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाउँदै आरोपित लामिछानेलाई मुलुकी अपराध संहिता, २०७४ को दफा २ सय १९ बमोजिम १० देखि १२ वर्षसम्म कैद र पीडितलाई ‘यथोचित क्षतिपूर्ति’ भराउन मागदाबी गरेको हो ।

अनुसन्धानका आधारमा पीडितको उमेर नाबालिग रहेको खुलेको भन्दै प्रहरीले आरोपितलाई सोहीअनुसार कारबाही हुनुपर्ने निष्कर्ष निकालेको छ ।

प्रकाशित मिति: ७ कार्तिक २०७९, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com