काठमाडौं । आजभोलि हरेक कलाकारको युट्युब च्यानल छ। खोलेका च्यालनमा कतिले गीतसंगीत मात्र अपलोड गर्छन् भने ‘भ्लग’को नाममा कतिले आफ्नो दैनिक गतिविधि पनि देखाउँछन्।

उनीहरूले जानाजान वा अञ्जानमा आफ्नो निजी जीवन सार्वजनिक गरिरहेका हुन्छन्। यसरी दैनिक गतिविधि र घरका गोप्य स्थान युट्युबभरी छरपस्ट पार्दा त्यसले अपराधी र चोरहरूका लागि सजिलो हुने प्रहरी बताउँछ।

प्रहरीले आफ्नो दैनिक गतिविधिको पलपलको अपडेट सामाजिक सञ्जालमा नगर्न र घरबाहिर निस्कँदा झ्यालढोका राम्रोसँग लगाउन आग्रह गर्दै आएको छ। तर, त्यसका बावजुद पनि चाडबाडमा चोरीका घटनाहरूमा वृद्धि भइरकेका नै छन्।

यस्तै भयो लक्ष्मीपूजाको राति नायिका प्रियंका कार्कीको घरमा पनि। भैसेपाटीस्थित उनको घरबाट ३० हजार रुपैयाँ र ५ तोला सुनको गहना चोरी भयो ।

परिसरका एसपी सुधिरराज शाहीका अनुसार प्रियंकाको परिवार डिनरका लागि बाहिर गएको समयमा शौचालयको भेन्टिलेसनको सिसा फुटाएर चोर घरभित्र पसेको हो। चोरीमा संलग्नको खोजी भइरहेको उनले जानकारी दिए।

कार्कीले आफ्नो ‘प्रियंका कार्की’ नामक युट्युब च्यानलमार्फत आफ्नो दैनिक गतिविधिको बारेमा अपडेट गरारहेकी हुन्थिन्। आफ्नो युट्युब च्यानलमा मात्र नभएर अन्य युट्युब च्यानलमा दिएको अन्तरवार्तामा समेत उनले घरको चाबीको बारेमा बताएकी थिइन्।

प्रकाशित मिति: ११ कार्तिक २०७९, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com