काठमाडौं । काठमाडौंको रानीपोखरीमा छठ मनाउन नपाइने भएको छ ।

पुनर्निर्माणका क्रममा रानी पोखरीमा तेश्रो चरणमा बनेका पूर्वाधार तथा संरचना हस्तान्तरण नभइसकेकोले काठमाडौं महानगरपालिकाले जोखिम लिन नचाहेको प्रवक्ता नवीन मानन्धरले बताए ।

‘३ चरणमा पुनर्निर्माण गरिएको रानी पोखरीमा तेस्रो चरणमा भएको काम महानगरलाई हस्तान्तरण भइसकेको छैन,’ मानन्धरले भने, ‘छठ मनाउने क्रममा ती पूर्वाधार भत्किएमा वा बिग्रिएमा त्यसको जिम्मेवारी कसले लिने भन्ने कुरा उठेकाले रानी पोखरी छठका लागि खुल्ला नगर्ने निर्णय महानगरले गरेको छ ।’

प्रकाशित मिति: ११ कार्तिक २०७९, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com