काठमाडौं । पश्चिम नवलपरासीको सुस्तास्थित नारायणी नदीमा डुंगा पल्टिदा ३ जनाको मृत्यु भएको छ ।

साेही दुर्घटनामा अन्य २ जना पनि घाइते भएका छन् । वनभोज खाएर फर्किँदै गरेका युवा चढेको डुंगा सुस्ता गाउँपालिका–४ को नर्सहीस्थित नारायणी नदीको घोलमा सोमबार साँझ पल्टिएर दुर्घटना भएको प्रहरीले बताएकाे हाे ।

दुर्घटनामा सुस्ता–४ का २२ वर्षीय गुड्डु हरिजन, सोही स्थानका १८ वर्षीय नीरज हरिजन र १८ वर्षीय रञ्जित गुप्ताको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय पश्चिम नवलपरासीले जनाएको छ । सोही स्थानका २२ वर्षीय किशोर हरिजन र सोहित सहानीलाई घाइते भएकाे अवस्थामा उद्धार गरी उपचारका लागि भैरहवा लगिएको छ ।

घटनाकाे विषयमा थप अनुसन्धान गरिने प्रहरीले बताएकाे छ ।

प्रकाशित मिति: १५ कार्तिक २०७९, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com