काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीको सरकारले भूकम्पपछिको सफल पुनर्निर्माण गरेको बताएका छन् ।
काठमाडौंमा पुन: निर्मित धरहराले आफ्ना विरोधीहरुको मुटुमा सुइरो रोपिएको भन्दै उनले कटाक्ष गरे ।
काठमाडौं–१ मा पार्टीका उम्मेदवार किरण पौडेलको प्रचार कार्यक्रममा सम्बोधन गर्दै ओलीले विश्वमै भूकम्पपछिको पुनर्निर्माणमा छिटो सफलता पाउने देशमा नेपाल परेको दाबी गरे ।
‘एमाले सरकारमा गएपछि साढे सात लाख घर हस्तान्तरण भए भने १५ सय पुरातात्त्विक महत्त्वका ऐतिहासिक भवनहरू पुनर्निर्माण गरिए । २०/३० वर्षमा अरूले गर्न नसकेका काम हामीले गरेका छौँ,’ ओलीले भने ।
उनले भूकम्पले भत्किएको धरहराको पुनर्निर्माण सकिएको तर पार्किङलगायतका बाह्य संरचनाको काम जारी रहेको उल्लेख गरे।
प्रकाशित मिति: १६ कार्तिक २०७९, बुधबार
प्रतिक्रिया